पाँचथरः २० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी पाँचथरमा पनि बिहीबार मनाइएको छ । दिवस मनाउने क्रममा बहुभाषिक कविगोष्ठी तथा शुभकामना आदान–प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित साहित्यकारहरूले आ–आफ्नो मातृभाषामा कविता तथा गजल वाचन गरेका थिए । नेपालमा रहेका जातजातिको मातृभाषा लोप हुन लागेको सो कार्यक्रममा सहभागीले बताए ।

कार्यक्रममा नेपाली भाषाका लागि राज्यले लगानी गरेको भए पनि मातृभाषाको विकासका लागि काम गर्न नसकेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष रिर्जी शेर्पाले सरकारले मातृ भाषा संरक्षणमा अपेक्षा गरिए अनुसारको काम गर्न नसकेको बताए । मातृभाषा संरक्षण गर्नका लागि सरकारी कामकाजमा मातृभाषा प्रयोग गर्नुपर्ने सहभागीको माग थियो ।

कार्यक्रम याक्थुङ युवा मञ्च, लिम्बू विद्यार्थी मञ्च र याक्थुइत सयङले संयुक्त रूपमा आयोजना गरेका थिए । कार्यक्रममा साहित्यकार प्रेम ओझा, राज दिजाञ्जली, मधु केरुङ, सागर केरुङ, निशा लोवा, दालाक्चा लामा शेर्पा लगायतले आआफ्नो मातृभाषामा आफ्ना रचना वाचन गरेका थिए ।