इटहरीः गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट कोशी प्रदेश, सुनसरीको इटहरीकी चर्चित साहित्यकार तथा कवयित्री मिश्रामाया गुरुङ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भएका छन्।
त्यस्तै, पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ सदस्यमा चयन हुनुभएको छ। कार्यसमितिको बाँकी एक सदस्य भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

अधिवेशनका अवसरमा भाषा तथा साहित्य क्षेत्रमा योगदान पुर्याउने प्राज्ञ सदस्यहरू तीर्थ गुरुङ (नेपाल प्रज्ञा–प्रतिष्ठान), श्रीजङ्ग गुरुङ (पोखरा प्रज्ञा–प्रतिष्ठान)
र बालकाशी गुरुङ (गण्डकी प्रज्ञा–प्रतिष्ठान) लाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गौरी तमुको लामो योगदान र निरन्तर प्रयासबाट गुरुङ भाषा तथा साहित्यले राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न सफल भएको स्मरण गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिले गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा यसको हस्तान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, गुरुङ समुदायको मौलिक भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धनमा मञ्चले आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।




















