इटहरीः इटहरी– ६ स्थित संगीत चौकनजिक होटल इन टूरिस्टको औपचारिक उद्घाटन भएको छ । संगीतकर्मी कालिप्रसाद वास्कोटाले रिवन काटेर होटलको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा संविधान सभाका सदस्य एवंम प्रदेश एक सरकारका कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीले स्तरीय होटलले यस यस क्षेत्रको पर्यटन बृद्धिमा टेवा पुुग्ने विश्वास व्यक्त गरे । त्यस्तै व्यवसायिहरु टंक दुलाल र रोहित प्रसाईले गुणात्मक होटलको बृद्धिसँगै इटहरीको परिचय पनि बदलिदै गरेको उल्लेख गरे ।

पर्यटन व्यवसायी सुनिल भुसासलले होटलमा आउने पर्यटकको चाप बढ्दै गएको भन्दै ग्राहकको रोजाइ अनुसारको सुविधा दिनुुपर्ने बताए । उनले सेवा प्रवाहमा विशेष जोड दिनुपर्ने बताए । इटहरी प्रहरी प्रमुख समिरचन्द्र खरेलले होटल व्यवसायले पर्यटन बृद्धिमा जोड दिने भए पनि अपराधी लुुक्ने सम्भाव्य स्थान भएको हुँदा विशेष सतर्क रहनुपर्ने बताए । उनले पर्यटकीय क्षेत्रको विस्तारमा महत्पुुर्ण योगदान पुुर्याउने यो व्यवसायलाई सुरक्षा प्रदान गर्न राज्यको तर्फबाट कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

हाेटलका सीइअाे जीवन पराजुलीले यस क्षेत्रकाे पर्यटकीय गन्तव्यमा अाउने पर्यटकलाइ लक्षित गरेर खाेलिएकाे हाेटलले स्तरीय सेवा प्रदान गर्ने जानकारी दिए । हाेटलका प्रबन्धक निर्देशक मिसन पराजुलिले पूर्वकाे बढ्दै गरेकाे पर्यटकीय चापलाइ मध्यनगर गर्दै  तारेहाेटलकाे स्तरमा सुविधासहितकाे हाेटल खाेलिएकाे उनले जानकारी दिए ।

61565570_2057100904586883_6997413542445973504_n

कस्तो छ होटल इन टूरिस्ट प्यालेस ?
व्यवासायीहरु इश्वरी पराजुली र जीवन पराजुलीको सक्रियतामा करिब १२ करोडको लगानीमा होटल खोलिएको हो । स्तरीय तारे होटलको सुविधा रहेको उक्त होटलमा ५५ जना पाहुनाहरू अट्ने एसीसहितको सेमिनार हल रहेको होटलका प्रबन्ध निर्देशक मिशन पराजुलीले जानकारी दिए ।

२५ सय देखी ८ हजार सम्मका विभिन्न २३ कोठाहरू भएको होटलमा ७ वटा चारपांग्रे र दर्जन दुई पाङ्ग्रेको पार्किङ सुविधा भएको पराजुलीले जानकारी दिए । उनले भने, ‘हाम्रो होटल सुविधाका हिसाबमा तारे लेभलकै छ ।’

addd

२५ सयको एसी एलर्जिक ग्राहकहरूको लागी इकोनोमिक रुम देखी ८ हजारको प्रेसिडेन्सियल स्विट रुम आफ्नो होटलमा भएको पराजुली बताउँछन । हरेक रूपमा ४३ इन्चका टिभी राखिएको बताएका पराजुलीका अनुसार, प्रेसिडेन्सीयल स्विट रूपमा ६५ इन्चको टिभी, किंग्स साइजको बेट देखी अत्याधुनिक फर्निचर, दुईवटा एसी देखी बाथटप सम्मका सुविधाहरू रहेका छन ।
जेठ २४ गते सम्म रहेको ओपनिङ सेरेमोनिमा विशेष सहुलियत रहेको संचालकले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचारः

होटल व्यवसायमा ‘डेब्यु’ गरेका इन्जिनियर पराजुली भन्छनः

नेपालको भविष्य पर्यटनमा छ