इटहरीः इटहरीका युवा मिसन पराजुलीको नामबाट इटहरीमा पर्यटन व्यवसाय नै सञ्चालन भएको थियो । २४ वर्ष अगाडि आफ्नो नाममा बुबाले ‘मिसन ट्राभल्स एन्ड टुर्स’ खोलेपनि २७ बर्से मिसन पराजुलीले यो वर्षबाट मात्रै पर्यटन क्षेत्रमा ‘डेब्यु’ गरेका छन् । उनले इटहरीमा यही जेठ १९ बाट औपचारिक उद्घाटन हुने होटल इनटुरिस्ट प्यालेसमा मेनेजिङ डिरेक्टर भएर पराजुलीले पर्यटनमा औपचारिक डेब्यु गर्दै छन् ।

इन्जिनियरिङ क्षेत्रबाट आएर व्याणिज्य क्षेत्रमा जम्दै पराजुली

IMG_20190530_124746 - Copy

इटहरीका चर्चित व्यवसायी ईश्वरीप्रसाद पराजुलीका छोरा मिसन पराजुलीले कहिल्यै आफू वाणिज्य क्षेत्रमा आउने सोचेनन् । कक्षा नौ र दशमा काठमाण्डौको क्यामब्रिज पब्लिक स्कुलमा वाणिज्य विषय चुज गरेपनि उनले अप्सनल म्याथ लिएर साइन्स नै रोच्ने सपना देखेका थिए । रोजेपनि त्यही । उनले काठमाण्डौको ट्रिनिटि कलेजबाट साइन्समा प्लस टु गरे । लगत्तै उनले व्याचरको लागी भिस्वेसर्या टेक्निकल युनिभर्सिटी (भिसिटी) बैंगलोर दक्षिण भारतमा जोइन गरे ।

सन २०१४ पछि इन्जिनियरिङको पढाइ सके । सक्नासाथ काठमाण्डौको आकृति असोसिएट्समा इन्जिनियरको जागिर थाले । एक वर्ष काम गरे । २०१५ मा भूकम्प आएपछि उनी एक एनजियोमा सर्वेभरको रूपमा भूकम्प प्रभावित क्षेत्रहरूमा काम गर्न थाले । ६ महिना काम गरेपछि उनी घर फर्के र पारिवारिक व्यापारिक विरासतको व्यवस्थापन गर्न थाले । इन्जिनियरिङबाट सिधै पारिवारिक व्यापारमा आउनुको कारण सुनाउँदै पराजुली भन्छन, ‘घरमा ममी बिरामी भएपछि दिल्लीमा उपचार गर्न धेरै बस्नु पर्याे अनि म आएर व्यापार हेर्न थाले ।’

विराटनगरको यमाहा सोरुम २०७३ बाट पारिवारिक व्यापारिक विरासत थाम्न थाले पराजुलीले । दुई पाङ्ग्रेको लागी विराटनगरमा यमाहा सोरुम सञ्चालन गरेका उनले इटहरीमा नयन टे«डर्सको नाममा टिभिएसको आधिकारिक डिलर्स सञ्चालन गरेका छन् । अब भने उनी होटल इनटुरिस्ट प्यालेसको मेनेजिङ डाइरेक्टर भएर सक्रिय भएका छन् ।

पढाइ र पूर्व पेसाले इन्जिनियर पराजुली आफ्नो पर्यटनको यात्रा रोचक संयोग भएको बताउँछन् । आफ्नो परिवारले पर्यटनमा अगाडि देखी काम गरे पनि आफै भने निस्कृय भएको उनी बताउँछन् । ‘बुबाले २०५४ मा मेरो नामा मिसन ट्राभल्स खोलेर इटहरीमा व्यवस्थित ट्राभल कम्पनी सुरु गर्नुभयो र काकाले पनि तिरुपती होटेल सञ्चालन गरेर इटहरीमा व्यवस्थित होटेल कल्चर बनाएर पयटनमा सक्रिय हुनुभयो’, पराजुली भन्छन, ‘म भने औपचारिक रूपमा पहिलो पल्ट यही वर्षबाट यो क्षेत्रमा आए ।’ आफूलाई पर्यटनमा आएकोमा कुनै गुनासो नभएको भन्दै पराजुली बताँउछन । भन्छन, ‘नेपालमा पर्यटनको भविष्य छ ।’ addd

इन्जिनियरिङ पढाइबाट व्यवस्थापनमा आएपनि पराजुलीले व्यवस्थापनमापनि पढेका छन् । उनले हालसालै मलेसियाको लिंकन युनिभर्सिटीबाट म्यानेजमेन्टमा मास्टर्स सकेका छन् ।

के छ इन्जिनियर पराजुलीले खोलेको होटेल इनटुरिस्ट प्यालेसको मौलिकता?

इन्जिनियरिङ हुँदै सवारी व्यापार अनि पर्यटनमा आएका मिसन पराजुलीले खोलेको होटल इनटुरिस्ट प्यालेसमा नयाँ कामहरू गर्न खोजेको बताए । एसीसहितको सेमिनार हल भएको आफ्नो होटलले ५५ जना पाहुनाहरू एक दिनमा धान्न सक्ने पराजुली बताउँछन् ।

२५ सय देखी ८ हजार सम्मका विभिन्न २३ कोठाहरू भएको होटलमा ७ वटा चारपांग्रे र दर्जन दुई पाङ्ग्रेको पार्किङ सुविधा भएको पराजुलीले बताए । उनले भने, ‘हाम्रो होटल सुविधाका हिसाबमा तारे लेभलकै छ ।’

२५ सयको एसी एलर्जिक ग्राहकहरूको लागी इकोनोमिक रुम देखी ८ हजारको प्रेसिडेन्सियल स्विट रुम आफ्नो होटलमा भएको पराजुली बताउँछन् । हरेक रूपमा ४३ इन्चका टिभी राखिएको बताएका पराजुलीका अनुसार, प्रेसिडेन्सीयल स्विट रूपमा ६५ इन्चको टिभी, किंग्स साइजको बेट देखी अत्याधुनिक फर्निचर, दुईवटा एसी देखी बाथटप सम्मका सुविधाहरू रहेका छन् ।

ड्रागन चिकेन विथ पोट्याटो बास्केट आफ्नो होटलको मौलिकता खाना हुने पराजुली बताउँछन् । पोट्याटो बास्केटमा राखिएको ड्रागन चिकेनसँगै बास्केट पनि खान सकिने पराजुलीले बताए । उनले भने, ‘यो भनेको सेम आइसक्रिम खाएजस्तै तरिकाको खाना हो ।’

आइएफसि आफ्नो होटलको अर्को मौलिक परिकार भएको पराजुली बताउँछन् । इनटुरिस्ट फ्राइड चिकेनको छोटकरी नामको आइएफसि केएफसिको भन्दा मिठो हुने उनको दाबी छ । पेय पदार्थहरूमा बियर देखी ‘ब्लु लेभल’ सम्म एकमुष्ट पाउने उनले बताए ।

Mision Parajuli pradeshportal.com

लक्षित ग्राहकः सीमापारिका भारतीय देखी इटहरी आउने भिआइपीहरु

आगामी आइतबारबाट औपचारिक रूपमा सञ्चालन हुने होटेल इनटुरिस्ट प्यालेसका लक्षित ग्राहकहरू सीमावर्ती भारतीय पर्यटकहरू र इटहरी आउने भिआइपिहरु भएको पराजुलीले बताए । इटहरीमा स्तरीय होटल नहुँदा इटहरीमा कार्यक्रम गरेर विराटनगर जाने बाध्यता हटाउने गरी होटल सञ्चालन गरिएको उनले बताए । भने, ‘विदेशी पर्यटन देखी इटहरी आउने भिआइपिहरुलाइ लक्षित गरेरनै हामीले सेवा, परिकार र सत्कारमा विश्वस्तरिय प्रस्तुति दिदैछौँ ।’