धरानः धरान–१५ स्थित चिल्ड्रेन्स हाउस मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा १२ जना बालबालिका दीक्षित भएका थिए । मन्टेश्वरीकी प्रिन्सिपल पार्वती तुम्वाहाम्फेले विद्यार्थीलाई दीक्षित गरेकी थिइन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी (सुवेदी) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार राजेश विद्रोही, आर्ट अफ लिभिङका अध्यक्ष बुद्धिलाल अग्रवाल, धरान उपमहानगरपालिकाका इञ्जिनियर हस्तबहादुर राईलगायतको उपस्थिति थियो ।
प्रिन्सिपल तुम्वाहाम्फेले मन्टेश्वरीले साना साना बालबालिकालाई सक्षम मात्रै नबनाएर मन्टेश्वरी तालीमसमेत दिँदै आएको बताइन् । उनले यस वर्षदेखि प्रयोगात्मक कक्षा शुरू गरिने पनि बताइन् ।