धरानः के के इन्टरनेसनल स्कुल धरान–१५ ले शैक्षिक सत्रको अन्त्यमा कक्षा यु केजीका २६ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
प्राथमिक तहमा भर्ना हुने नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गर्ने विद्यार्थीहरूलाई बिदाइ गरिएको थियो । कार्यक्रममा विद्यालयमा वर्षभर भएका खेलकुद लगायतका क्रियाकलापमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कार पनि प्रदान गरिएको थियो । स्कुलका अध्यक्ष प्रवीण अग्रवालले मेडल र प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई दीक्षित गरेका थिए ।

वर्षभर भएका रेस, फ्रग जम्पिङ, बेलुन बुस्टिङ, म्युजिकल चेयर, ५० मिटर रेस, बल ब्यालेसिङ आदिमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । स्कुलका प्रिन्सिपल भिक्टोर जोसेफले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रत्येक कक्षाका विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

विद्यालयले स्थापना कालदेखि नै अतिरिक्त क्रियाकलाप गराउँदै आइरहेको र आगामी दिनमा पनि तालिमप्राप्त तथा अनुभवी शिक्षक शिक्षिकाबाट बालमैत्री वातावरणमा क्रियाकलापमुखी एवं व्यवहारिक शिक्षा प्रदान गर्दै जाने प्रिन्सिपल भिक्टर जोसेफले बताए ।

 

k k school pgm  (1) k k school pgm  (3) k k school pgm  (4) k k school pgm  (5)