इटहरीः कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना गरेको छ ।

सो कम्पनीले २ महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले बताए । दैनिक छ टन औषधी र ४ लाख ट्याब्लेट उत्पादन गरिने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा ४५ प्रकारका आयुर्वेदिक औषधी उत्पादन हुनेछ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्मित औषधी सार्क राष्ट्रमा निर्यात गरिने बताइएको छ ।