इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत सङ्कलन भएको छ ।
आज इटहरीको रेयुकाई चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा सो परिमाणको रगत सङ्कलन भएको हो । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखा, रोट्रयाक क्लब इटहरी र टेवा बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए ।

पत्रकार महासङ्घको ६५ औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।