झापाः १० चैतबाट शुरु माध्यमिक तह एसईई परीक्षामा झापामा अङ्ग्रेजी विषयमा बढी विद्यार्थीको अनुपस्थिति देखिएको छ । हालसम्म अङ्ग्रेजी, नेपाली, गणित तथा विज्ञान गरी ४ वटा विषयको परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
इकाईका अनुसार हालसम्म अङ्ग्रेजी विषयमा सबैभन्दा बढी परीक्षार्थी अनुपस्थित देखिएका छन् । अङ्ग्रेजीमा १ सय ८० जना परीक्षार्थी अनुपस्थित रहेको इकाई प्रमुख उपसचिव योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।
उनका अनुसार अङ्ग्रेजी विषयमा पुरानो ग्रेड वृद्धिमा छात्रातर्फ ६ तथा छात्रा ५ जना, नयाँ ग्रेडवृद्धि नियमिततर्फ छात्रा ७४ र छात्र ५६ जना अनुपस्थित भएका हुन् । त्यस्तै, नियमिततर्फ छात्रा २६ र छात्र १३ सहित १ सय ८० जना अनुपस्थित भएका हुन् । सवैभन्दा कम गणित विषयको परीक्षामा अनुपस्थित रहेका थिए । पुरानो ग्रेड वृद्धिमा छात्रातर्फ ८ र छात्र ६ गरी १४ जना तथा नयाँ ग्रेडवृद्धिमा नियमिततर्फ छात्रा १६ र छात्र ८ गरी २४ जना गणित विषयमा अुनपस्थित भएका थिए । नियमिततर्फ छात्रातर्फ ६९ र छात्रतर्फ ४५ गरी जम्मा १ सय ५२ जना गणित विषयको परीक्षामा अनुपस्थित भएका थिए ।
नेपाली विषयमा १ सय ६६ जना र विज्ञान विषयको परीक्षामा १ सय ६० जना परीक्षार्थी सहभागी नभएको बरालले बताए । विज्ञान विषयमा कुल १ सय ६० जना अनुपस्थित भएको उनले बताए ।
वरालका अनुसार यस वर्षको एसईई परीक्षमा जिल्लाबाट नियमिततर्फ ७ हजार ६ सय ३० छात्रा र ७ हजार ९८ जना छात्र परीक्षा दिँदैछन् । प्राविधिकतर्फ १ सय ३१ छात्र र १ सय ९१ जना छात्रा, खुलातर्फ ५५ जना छात्रा र ७६ जना छात्रले परीक्षा दिँदैछन् । जम्मा १५ हजार ५ सय ८७ जना परीक्षार्थीले झापाबाट परीक्षा दिँदैछन् ।