भोजपुरः भोजपुर बहुमुखी क्याम्पसमा भएको आँखा तथा कान जाँच शिविरमा १ सय २ जनाले उपचार गराएका छन् ।
नेपाल नेत्रज्योति सङ्घको स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना भोजपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको व्यवस्थापनमा शिविरको आयोजना गरिएको थियो ।
शिविरमा १ सय २ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ । तीमध्ये १७ जनालाई चश्माको लागि आँखा उपचार केन्द्रमा थप उपचारको लागि रेफर गरिएको छ ।
शिविरमा क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा क्याम्पस कर्मचारीको आँखा परीक्षण गरिएको स्ववियु सभापति प्रकाशसिं राईले बताए ।