धरानः प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धरानमा एसईई परिक्षा मर्यादित ढङ्गमा सञ्चालन भएको बताएका छन् । उनले बुधबार धरान आएर एसईई परीक्षाको अनुगमन गरेका थिए । उनले सामुदायिक विद्यालयमा मात्र अनुगमन गरेका थिए ।
उनले धरानको पब्लिक मावि र शिक्षा निकेतन माविमा सञ्चालन भइरहेको एसईई परीक्षाको अनुगमन गरेका हुन् । परीक्षा चलिरहेको बेला कक्षाकोठामै पुगेर मन्त्री घिमिरेले अनुगमन गरेका थिए ।
उनले धरानको शैक्षिकस्तर निकै सुधार भइरहेको पनि बताए । ‘धरान शैक्षिक केन्द्रको रूपमा चिनिएको छ । यस कारण पनि धरानमा परीक्षा मर्यादित नै हुन्छ भन्ने विश्वास छ’, उनले भने । प्रदेशको शिक्षा हेर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालय अन्र्तगत पर्छ ।