धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले दिएको आदेश सदर भएकाे छ । आज भएकाे बहसमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको बेन्चमा रौनियारको ‘केस’ माथि सुन्वाइ भएकाे थियाे । 

गत चैत ४ गते सर्वोच्चका न्यायाधीश प्रकाश राउतले उपकुलपति रौनियारलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै आज चैत १२ गते सरकार पक्ष र रौनियारलाई छलफलका लागि बोलाएको थियो ।

आजको बहसपछि राैनियार नै उपकुलपति रहने विषय टुँगाे लागेकाे हाे ।  फैसलाकाे पुर्ण पाठ केहि समय पछि अाउने छ ।