धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले दिएको आदेशका विषयमा आज बहस हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको बेन्चमा रौनियारको ‘केस’ पुगेको छ ।
गत चैत ४ गते सर्वोच्चका न्यायाधीश प्रकाश राउतले उपकुलपति रौनियारलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै आज चैत १२ गते सरकार पक्ष र रौनियारलाई छलफलका लागि बोलाएको थियो । आजको बहसपछि प्राडा रौनियार उपकुलपति रहने या नरहने भन्ने विषयमा अर्को आदेश हुन सक्ने छ ।