मेचीनगर: सनराइज् बैंक लिमिटेड शखा काँकरभिट्टाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३ सय ७५ जनाले आँखा परीक्षण गराएका छन् ।

मेची नेत्रालय एण्ड अप्थाल्मिक सेन्टर आँखा अस्पताल मेचीनगर—६ को प्राविधिक सहयोगमा मेचीनगर — २ को बौद्धमोडमा आयोजित शिविरको भृकुटी सामुदायिक सिकाई केन्द्र, र मेचीनगरको १, २ र ३ नम्बर वडाले व्यवस्थापन गरेको बैंकका शाखा प्रमुख कुमार खड्काले बताए ।

शिविरमा शल्यक्रिया गर्न आवश्यक देखिएपछि २८ जनाको निःशुलक शल्यक्रिया गरिएको छ ।

eye camp jhapa  (2)