इटहरीः पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शिक्षण अस्पतालको केन्द्रीय कार्यालय गोठगाउँले आयोजना गरेको शिविरमा २ सय २० जना बिरामीले सेवा लिएको शिक्षण अस्पतालका निर्देशक डाक्टर विपेश आचार्यले बताए । शनिबार सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ खोक्सीमा शिविर सम्पन्न भएको थियो ।
सबैभन्दा बढी छाला, हाडजोर्नी र स्त्री रोगका बिरामी रहेको उनले जानकारी दिए । बिहान १० बजे देखी शुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको डाक्टर आचार्यले बताए ।
शिविरमा बालरोग, नाक, कान घाँटी, छाला, महिला तथा स्त्री, सामान्य शल्यक्रिया साथै अन्य सामान्य चिकित्सकीय सेवाहरू उपलब्ध गराएको उनले बताए ।
‘शिक्षण अस्पतालको स्वास्थ्य शिविर अबदेखि हरेक महिला सञ्चालन गरिन्छ,’ उनले भने, ‘ग्रामीण भेगका जनतामा स्वास्थ्य पहुँच पु¥याउन र शिक्षण अस्पतालको प्रचार गर्न पनि शिविर प्रभावकारी हुने देखिन्छ ।’ शिविर बिपी अध्ययन प्रतिष्ठान मोरङको सहकार्यमा सम्पन्न भएको थियो ।