भोजपुरः आर्थिक अवस्था कमजोर रहेका एक मुटु रोग पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका –६ का ३१ वर्षीय हेमराज राईको उपचारका लागि स्थानीयवासीबाट सङ्कलित रु ११ हजार ७ सय ६५ रुपैयाँ पीडित राईकी दिदी अनिता राईलाई हस्तान्तरण गरिएको स्थानीयवासी खगेन्द्र खड्काले बताए ।

खर्च अभावले उपचारमा समस्या भएपछि नेशनल लाइफ इन्स्योरेन्स भोजपुरका प्रमुख घमचन्द्र दाहालको अगुवाइमा रकम सङ्कलन गरिएको थियो । हेमराजको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उपचार भइरहेको छ । पीडित परिवारले सहयोगका लागि सबैसँग आग्रह गरेका थिए ।