धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रत्येक वडामा एक स्वास्थ्य संस्था स्थापना गर्ने नीति अन्तर्गत २ वटा वडामा स्वास्थ्य केन्द्रको स्थापना भएको छ ।

७ नं. वडाको आन्द्रुङ र ५ नं. वडाको सालघारीमा स्वास्थ्य संस्था स्थापना भएका हुन् । एक कार्यक्रमका बीच ती दुवै स्वास्थ्य संस्थाको मेयर पर्शुराम नेपालले औपचारिक रूपमा उद्घाटन गरे । हरेक स्वास्थ्य केन्द्रमा १ जना अहेब र १ जना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ ।

ती स्वास्थ्य केन्द्रबाट नियमित रूपमा महिलाको गर्भजाँच, बालबालिकालाई खोप, सामान्य उपचार र नेपाल सरकारबाट निःशुल्क पाइने ४० प्रकारका औषधी उपलब्ध हुने भएका छन् वडावासीले स्वास्थ्य सेवा आफ्नै गाउँघरबाट सहज रूपमा पाऊन् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्यअनुरुप ती २ वडामा केन्द्र स्थापना गरिएको उनले बताए ।

उनका अनुसार केन्द्रलाई आवश्यक उपकरण, औषधी तथा जनशक्ति नगरपालिका आफैंले आन्तरिक स्रोतबाट जुटाएको बताइएको छ ।

swasthya kendra  (1)