धरानः धरान–१६ स्थित युएन÷नवोदय कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई सोमबार सम्मान गरेको छ ।
युएन÷नवोदय कलेजको ८ औं वार्षिकोत्सव कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

लामो समय स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । धराननिवासी उनी डाक्टर, प्राध्यापक हुँदै प्रतिष्ठानको रेक्टर बनेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपाने, युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झा र कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले उनलाई खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले वर्षेनी समाजमा रहेर योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको बताउँदै बताए । यसपटक धरानको शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने प्रा.डा. श्रेष्ठलाई सम्मान गर्न पाउँदा गौरवान्वित बनेको उनले बताए ।