धरानः नेपाल तामाङ घेदुङ सुनसरीले घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले र सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई आर्थिक सहयोग गरेको छ ।

अध्यक्ष गोलेको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । त्यस्तै, उनले समग्र आदिवासी जनजाति समुदायको उत्थानको आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाको मूल्याङ्कन गर्दै सहयोग गरिएको बताइएको छ ।

घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान र नगर सदस्य चित्रा पाख्रिनको पहलमा रु. १ लाख ४२ हजार ८ सय ५५ रुपैयाँ सङ्कलन गरी आवास निर्माण गर्न सहयोग प्रदान गरिएको बताइएको छ ।

त्यसैगरी, नेपाल तामाङ घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान, नेपाल तामाङ घेदुङ संस्कृति घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान–८ र धरान–१६ इकाईको पहलमा सङ्कलित रकम पाख्रिनलाई प्रदान गरिएको हो ।

लामो समयदेखि मुटु र मृगौला सम्बन्धी रोगबाट ग्रस्त सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई स्वास्थ्य उपचारार्थ रु. २१ हजार सहयोग प्रदान गरिएको बताइएको छ । गोले र पाख्रिनलाई घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतले रकम प्रदान गरेका थिए ।

ghedung sahayog  (1)