झापाः शिक्षक हित बचत तथा ऋण सहकारी संस्था झापाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा रगत अभाव नहोस् भन्ने उद्देश्यले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा महिला र पुरुष गरी ३४ जनाले रक्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको सभापतित्व र जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको रहेको थियो ।