विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको बालसदन एकेडेमीको ११ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन मोरङका प्रतिनिधि, सुन्दरहरैंचाका संस्थागत विद्यालयका प्रिन्सिपल, अभिभावक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विद्यार्थीले नृत्य र नाटक प्रस्तुत गर्नुका साथै विज्ञान प्रदर्शनी पनि गरेका थिए । कार्यक्रमका अतिथिका साथै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले पनि आफ्ना धारणा राखेका थिए । विद्यालयका प्रिन्सिपल दीपक केसीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

balsadan pgm  (3)

सो कार्यक्रममा विद्यालयले गत वर्षको परीक्षामा विद्यालय प्रथम हुने सम्राट भुजेललाई १५ हजार १ सय २० रुपैयाँ छात्रवृत्तिस्वरूप चेक प्रदान गरेका थिए । कार्यक्रममा प्रत्येक कक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

सूर्य दङ्गालले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित अभिभावकबीच विभिन्न मनोरञ्जनात्मक खेल खेलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीका अभिभावकमध्येबाट सबैभन्दा ज्येष्ठ १ जना पुरुष र १ जना महिला अभिभावकलाई विद्यालयले प्रमाणपत्र, दोसल्ला र फलफूल प्रदान गरी सम्मान गरेको थियो ।

balsadan pgm  (2) balsadan pgm  (4) balsadan pgm  (6) balsadan pgm  (5) balsadan pgm  (10) balsadan pgm  (7)