भोजपुरः किरात राई विद्यार्थी सङ्घ भोजपुरको दोस्रो सम्मेलनबाट धु्रवराज राईको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व गठन गरिएको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको सम्मेलनबाट उपाध्यक्षमा सुनिता राई, सचिवमा नवीन राई, सहसचिवमा खगेन्द्र राई र कोषाध्यक्षमा सुस्मिता राई चयन भएका छन् ।
सङ्घका उपाध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सन्पन्न सो सम्मेलनमा किरात राई यायोक्खा भोजपुरकी अध्यक्ष सिर्जना राई, भोजपुर क्याम्पसका स्ववियु सभापति प्रकाशसिं राई, सहायक क्याम्पस प्रमुख उत्तमसिंह राई उपस्थित थिए ।
त्यस्तै, प्राध्यापक प्रकाश राई, विद्यार्थी नेता सुनिता किराती, सङ्घका विभागीय प्रमुख भीम दुमी राई लगायतले किराती समुदायको संस्कृति तथा हक अधिकारका लागि विद्यार्थी वर्ग सचेत हुनुपर्नेमा जोड दिएका थिए ।