इटहरीः इटहरीमा मङ्गलबारदेखि कक्षा ८ को वार्षिक परीक्षा शुरु भएको छ ।
इटहरीका सबै विद्यालयमा एकसाथ नगरस्तरीय परीक्षा शुरु भएको हो । इटहरी उपमहानगरले संयोजन गरेर संस्थागत तथा सामुदायिक विद्यालयलार्य एउटै प्रश्नपत्रमा परीक्षा गराएको हो ।
इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार ९६ विद्यालयका ३ हजार ४ सय छ जना विद्यार्थीले १४ वटा केन्द्रमा परीक्षा दिँदैछन् । परीक्षा सञ्चालन उपसमितिले प्रश्नपत्र तयार गरेको थियो भने उत्तरपुस्तिका पनि उपमहानगरमै राखेर जाँच गरिने भएको छ ।
उत्तरपुस्तिकालाई कोडिङ गरेर कपी जाँच गरिने भएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित वनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, व्यवस्थापक र सहयोगी गरी २ सय जना खटाइएको बताइएको छ ।