इटहरीः नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिले निःशुल्क स्वस्थ्यशिविर आयोजना गरेको छ । रामधुनी नगरपालिका वडा नम्बर ३ सिंगियामा सम्पन्न स्वास्थ्य शिविरमा ३ सय २ जनाले सेवा लिएका थिए ।
इटहरी सामुदायिक अस्पतालसँगको प्रायोजनमा सम्पन्न शिविरले गरीब जनतामा स्वास्थ्य सचेतना बढाउन सहयोग गरेको काङ्ग्रेस नगर सभापति सुदीप अधिकारीले बताए ।
गरीब र स्वास्थ्यको पहुँचमा नपुगेका जनताहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना फैलाई जागरुक गराउन शिविर आयोजना गरिएको उनले बताए ।
विगतमा पनि रक्तदानलगायतका स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको नगर कार्यसमितिले यसपटक पनि कार्यक्रम गरेको सभापति अधिकारीले जानकारी दिए ।
उता, सामुदायिक अस्पतालका अध्यक्ष टङ्क दुलालले निःशुल्क स्वस्थ्य शिविर गर्नको लागि रामधुनी काङ्ग्रेसले अवसर प्रदान गरेकाले खुशी लागेको बताए ।