इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा आज भएको आँखा शिविरमा २ सय जनाले आँखाको परीक्षण गराएका छन् ।

घरआँगन बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस भजनकीर्तन समूह र सामाजिक सेवाका लागि युवा अभियान नेपाल (वाइएसएस) को संयुक्त आयोजनामा भएको शिविरमा आउनेको सङ्ख्या उल्लेख्य भएको आयोजक संस्थाले जनाएका छन् । शिविरमा नवदृष्टि आइ हस्पिटल इटहरीले प्राविधिक सहयोग गरेको थियो ।

आँखा जाँचका लागि २ सय ५० जनाले नाम दर्ता गरेका भए पनि ५० जना भने आँखा जँचाउन नआएको आयोजकले जनाएको छ ।
प्राविधिक सहयोगी संस्था नवदृष्टि आई हस्पिटलले शिविरमा स्थानीय उल्लेख्य रूपमा उपस्थित भई आँखाको परीक्षण गराएको जनाएको छ । आँखा परीक्षण गरेका बिरामीलाई निःशुल्क औषधी पनि वितरण गरिएको हस्पिटलले जनाएको छ ।

23 2 3 aaaa