पथरीः नगर प्याब्सन कमिटीको आयोजनामा सञ्चालित अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा वाल्मिकी मेमोरियल सेकेन्डरी स्कुल पहिलो भएको छ ।

प्रतियोगितमा नगर कमिटीमा आबद्ध नगर क्षेत्रका १५ वटा संस्थागत विद्यालय सहभागी थिए । प्रतियोगितामा एभरेष्ट बोर्डिङ दोस्रो तथा रेड स्टार र भूपू सैनिक विद्यालय तेस्रो भए ।

विजयी विद्यालयलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारका साथमा ट्रफी र प्रमाणपत्रले सम्मानित गरिएको नगर प्याब्सन अध्यक्ष उपेन्द्र कँडेलले बताए ।

आधारभूत तहका विद्यार्थीहरूको सहभागितामा भएको सो कार्यक्रमले विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गरेको विशिष्ट अतिथि मोरङ प्याब्सनका अध्यक्ष अर्जुन बस्नेतले बताए । सानै उमेरमा स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरी आत्मबल बढाउन सहयोग पुगेको उनको भनाइ थियो ।

पथरीशनिश्चरे नगरमा रहेका प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने र नेपालीको लोक संस्कृतिको सिकाइमा टेवा पुर्याउने उद्देश्यले लोक नृत्य प्रतियोगिता आयोजना गरेको नगर प्याब्सन अध्यक्ष कँडेलले बताए ।

pabson nritya  (2)