इटहरीः सरकारी विद्यालयमा मात्रै विद्यार्थी घटेका छन् र पढाइ कमजोर भएकाले थोरै विद्यार्थी छन् भन्ने आम बुझाइ छ । तर, इटहरीका केही विद्यालयको उदाहरण हेर्दा निजी विद्यालयमा पनि अत्यन्तै थोरै विद्यार्थी पाइएका छन् ।
यही फागुन २८ गतेदेखि शुरु हुने इटहरीमा कक्षा ८ को परीक्षा शुरु हुँदैछ जसमा निजी विद्यालयका २ हजार ४ सय ५५ विद्यार्थीले परीक्षा दिँदा सामुदायिक विद्यालयका १ हजार २२ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।
सो परीक्षामा कोशी सेन्ट जेम्स र हिमशिखर बोर्डिङका समान १ सय ७ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदैछन् । निजी विद्यालयबाट कक्षा ८ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराउने विद्यालय तिनै हुन् ।
२१ सामुदायिक र ७५ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिन लागेका हुन् । सो परीक्षामा इटहरीका केही निजी विद्यालयका सहभागी भने अत्यन्तै थोरै देखिएका छन् ।
यी हुन् कक्षा ८ मा १० जनाभन्दा कम विद्यार्थी भएका ५ वटा निजी विद्यालयः
– मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलः ४ जना
– हिल भ्यु एकेडेमीः ४ जना
– सनराइज इङ्लिस बोर्डिङ स्कुलः ५ जना
– तालतलैया एकेडेमीः ६ जना
– प्रेरणा इङ्लिस बोर्डिङ स्कुलः ७ जना
– इलाइट होम्सः ७ जना
– सनसाइन इङ्लिस बोर्डिङ स्कुलः ९ जना