विराटचोक:  मोरङको विराटचोकमा रहेको सुकुना माध्यमिक बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुले सडक दुर्घटना न्यूनिकरण गर्ने खालका रोवोर्ट बनाएका छन् । बिज्ञान विषयमा अध्यन गर्ने बिद्यार्थीहरुले सडकमा गुडिरहेको गाडिको दुरी तथा दुर्घटना हुन लागेको अबस्थामा बज्ने खालको रोवोर्ट निर्माण गरेका हुन् ।
भौतिक यन्त्रका दुरीहरुलाई चुनौति दिदै बिद्यार्थीहरुले सेन्सरवाला रोवोर्ट वनाएका हुन् । गाडिमा जडान गरीएको रोवटले १० मिटरको दुरीमा आवाज दिने कक्षा ११ मा अध्यनरत बिद्यार्थी समिर फुयालले बताए । १० जना साथिहरु मिलेर ब्याट्रि तार तथा सेनसर प्रयोग गरेर रोवट वनाएको उनले बताए । आफुले पढेको ज्ञानलाई ब्यबहारमा उतार्ने कोसिस गरेको अर्का बिद्यार्थी सुजन पराजुलिले बताए ।

बिद्यार्थीहरुले उचाई नाप्ने सेन्सरवाला रोवोर्ट समेत बनाएका छन् । उनिहरुले पानिको ट्याकिमा उक्त रोवट राख्दा ट्यांकी भरीएपछि आवाज दिने पराजुलिले बताए । विद्यार्थीहरुले आफ्नै लगानिमा विभिन्न खालका नयाँ–नयाँ प्रबिधियुक्त सामाग्रीहरु निर्माण गर्न थालेपछि शिक्षकहरु समेत दंग पर्न थालेका छन् । विद्यार्थीहरुले बनाएका सामाग्री विद्यालयले विभिन्न स्थानमा हुने मेला महोत्सवमा प्रदर्शननै गर्ने गरेको छ । बिद्यार्थीहरुले झुकम्प प्रतिरोधात्मक तल देखी माथि सम्म देखीने खालको घर समेत बनाएको बिद्यालयका बिज्ञान विभागका प्रमुख दिव्यराज दाहालले बताए ।
आवश्यक सामाग्री सहुलितय र सरलरुपले पाउने भए अन्य सामाग्रीहरु बिद्यार्थीहरुले बनाउने शिक्षकहरुको भनाई छ । बिद्यार्थीहरुको लगनशिलता देखेर शिक्षकहरु समेत छक्क पर्ने गरेका छन् ।

सामग्रीको खरिद सहुलियत दरमा सरकारले दिने ब्यबस्था मिलाउने हो भने नेपालमै अध्यन गर्ने बिद्यार्थीहरुले प्रविधिमा फड्को मार्ने प्रध्यानाध्यापक लक्ष्मी कुमार श्रेष्ठले बताए ।
उक्त बिद्यालयमा कक्षा ९ देखी १२ सम्म सिभिल इन्जीनयरिङ तथा कक्षा ११ र १२मा विज्ञान विषय पढाई हुने गरेको छ ।