धरान: नेपाल मनोचिकित्सक सङ्घको सातौं राष्ट्रिय सम्मेलन आजदेखि धरानमा शुरु हुने भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्मलेन हुन लागेको हो ।

मानसिक स्वास्थ्य विभागको आयोजनामा हुने सम्मेलनमा विदेशी पोफ्रेसर डाक्टरहरूसँगको छलफल तथा विभिन्न वैज्ञानिक अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

सो सम्मेलनमा अस्टे«लियाबाट आउने डा. प्रोफेसर टिएस राव, प्रा.डा. मोहन आइज्जा, प्रा.डा. सुधिरकुमार खन्डेलवाल र नेपालकै प्रा.डा. देशराजबहादुर कँुवर लगायतको उपस्थिति रहने भएको छ । धरान शाखाका सहसचिव चिकित्सक डा. मधुर बस्नेतका अनुसार सम्मेलनमा मानसिक स्वास्थ्यबारे छलफल र कार्यशाला हुनेछ ।