पाँचथरः पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ चोकमागु मा रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने घुम्ती शिविर सम्पन्न भएको छ ।

भैरवी दल गणको मेडिकल टोली र नं. २१ फिल्ड गुल्मबाट डा. अधिकृत सहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दासहित जम्मा ३ सय ५० जनाको निःशुल्क स्वास्थ परीक्षण गर्नुको साथै औषधी वितरण गरेको पूर्वी पृतना कार्यालय इटहरीले जनाएको छ ।

sena ghumti sibir  (1)