सोलुखुम्बुः दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि सोलुखुम्बुका पत्रकार भोजराज कार्कीले झण्डै सवा लाख रुपैयाँ सहयोग गरेका छन् ।

थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण हुने उक्त सामुदायिक अस्पतालको लागि सञ्चारकर्मी कार्कीले रु एक लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष असिम राईले बताए ।

विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेको बेला सञ्चारकर्मी कार्कीले पनि सहयोग गरेका हुन् । अस्पताल निर्माणका लागि देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको अध्यक्ष राईले बताए । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका उपाध्यक्षसमेत रहेका राससकर्मी कार्की स्थानीय सोलु एफएमका स्टेशन मेनेजर पनि हुन् ।