इटहरीः झापाको गौरादह घर भएका मेलानका सदस्यलाई ४ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सो संस्थाले जनाएको छ ।
मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले एक कार्यक्रमको आयोजना गरी दुवै मृगौला फेल भएका २७ वर्षीय प्रयोगशालाकर्मी सुरज साहलाई सो रकम प्रदान गरेको हो ।

मेलानका १ नम्बर प्रदेश संयोजक नवीन खड्काका अनुसार साहको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ ।

मेलानका विभिन्न प्रदेश तथा जिल्ला एकाइ कार्यसमितिहरूको सक्रियतामा सङ्कलित एकमुष्ट रकम उनकी आमालाई मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले प्रदान गरेका हुन् । मेलानका संस्थापक उपाध्यक्ष राजवोली सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष देवराज गौतम, अनुशासन आयोग प्रमुख कृष्ण अधिकारी लगायत अन्य पदाधिकारी तथा आजीवन सदस्यहरुको उपस्थितिमा सो रकÞम हस्तांन्तरण गरिएको प्रदेश संयोजक खड्काले बताए ।