झापाः वैदेशिक रोगारीमा २१ महिनाअघि मलेसिया गएका झापाको बुद्धशान्ति–१ का २२ वर्षीय विकास न्यौपाने मृगौला रोगी भएपछि घर फर्किएका छन् ।

दुवै मृगौला खराब भएको र तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले जनाएको उनका बाबुले बताए । मलेसियामै थला परेपछि विकासलाई नेपाल फर्काइएको थियो ।

आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रहसमेत गरेका छन् ।

उनको उपचार खर्च जुटाउन ‘विकास न्यौपाने बचाउ’ अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवी मुना दाहालको अध्यक्षतामा अभियान समिति गठन गरिएको बताइएको छ । अभियान समितिले विकास न्यौपानेको जीवन बचाउन आर्थिक सहयोगको अपिल गरेको छ ।