विराटनगरः हरेक वर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ नोबेल मेडिकल कलेज विराटनगरमा शुक्रबार शुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीले ८ दिने खेलकुद उत्सव सञ्चालन गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले विद्यार्थीका लागि पढाइसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताइन् । त्यस्तै नोबेल मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक एजी सिंहले पढाइसँगै खेलकुद क्रियाकलाप पनि सञ्चालन गर्दा विद्यार्थीलाई शारीरिक र मानसिक हिसाबले पनि फलदायी हुने बताए ।

एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ २०१६ ब्याचका विद्यार्थीले आयोजना गरेको फियस्टामा करिब एक दर्जन प्रतियोगिता सञ्चालन भइरहेका छन्् । फियस्टामा फुटबल, क्रिकेट, भलिबल, फुटसल, ब्याडमिन्टन, म्याराथन, चित्रकला, कविता, निबन्ध लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

नोबेलमा एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन, डिफार्म लगायतका सङ्कायमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।

Nobel-Sports-Fiesta-Photo-2