इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ६ स्थित सुनसरी सेन्ट जेभियर्स इङ्लिस बोर्डिङ स्कुलको २० आँै वार्षिकोत्सव सम्पन्न भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न विधाका जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीले आफ्नो कला पनि प्रस्तुत गरेका थिए ।

सुनसरी सेन्ट जेभियर्सले इटहरीको शिक्षा क्षेत्रमा उल्लेख्य सुधार ल्याएको प्रिन्सिपल कविन्द्र मण्डलले बताए । पछिल्लो समय बालबालिकाको मनोविज्ञानअनुसारको शिक्षा प्रदान गर्नुपर्ने भएकाले त्यसमा आफूहरू सचेत रहेको उनको भनाइ थियो । वैज्ञानिक विधिबाट पढाउने र नतिजा पनि सोही विधिबाट निकाल्ने काम विद्यालयले शुरु गर्न लागेको उनले बताए ।