इटहरी ः विश्व आदर्श स्कुलले विज्ञान प्रदर्शनीको आयोजना गरेको छ । संस्थाको २१ औँ स्थापना दिवसको उपलक्ष्यमा विद्यालय परिसरमा शुक्रवार विभिन्न कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारिक ज्ञान दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । विद्यालय क्षेत्रमा विद्यार्थीले विज्ञान प्रदर्शनीसमेत गरेका थिए । प्राविधिक शिक्षा, अङ्ग्रेजी शिक्षा, चित्रकला आदि विषयसँग सम्बन्धित प्रयोगात्मक कार्यहरूको प्रस्तुति गरिएको थियो ।

IMG_4589

विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई थप उजागर गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने भन्दै नियमित शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै जाने विद्यालयका प्रधानाध्यापक गणेशकुमार दुलालले जानकारी दिए ।

शुक्रवार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शिक्षाको विकास नै समाजका विकासको आधार भएको बताए । राज्यले २० प्रतिशत आर्थिक स्रोत शिक्षा क्षेत्रमा लगानी गरे पनि उचित नजिता आउन नसकेको बताए । ‘जसरी निजी क्षेत्रको शिक्षाको गुणस्तर राम्रो बन्दै आउँछ सरकारी विद्यालयको पनि सोहिगुणस्तरको हुन जरुरी छ ।’ उनले भने– ‘नत्र समाजको एक पाटो कमजोर बन्दै जान्छ ।’

IMG_4595