झापाः विद्युत् जडान गर्ने क्रममा गत पुस २२ गते करेन्ट लागेर घाइते भएका पाँचथरका एक युवालाई स्वदेश तथा विदेशमा रहेका बेघा लिम्बू परिवारको सक्रियतामा २ लाख ७३ हजार ७ सय ८० सङ्कलन गरी प्रदान गरिएको छ ।

करेन्ट लागेर लड्दा मेरुदण्ड नै नचल्ने भएका पाँचथर याङ्वरक गाउँपालिका–२ तिमतिम्बु घर भई हाल झापा, कमल गाउँपालिका–७ मा बस्दै आएका २७ वर्षीय रमेश बेघाको लागि सहयोग जुटेको हो ।
स्थानीय भीम बेघाका अनुसार सो अभियानमा झापाबाट ६५ हजार ७ सय ८० र हङकङबाट २ लाख ८ हजार सङ्कलन गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका रमेश उपचार अभावमा घरमै बस्न बाध्य थिए ।