विराटनगरः विराटनगर–६ स्थित मेरिल्याण्ड कलेज विराटनगरमा बिजनेस बुट क्याम्प आयोजना गरिएको छ ।

बेलायतको युनिभर्सिटी अफ वेल्भरह्याम्टनसँगको साझेदारीमा सञ्चालित उक्त कलेजले प्लस टु का विद्यार्थीको लागि बुट क्याम्प आयोजना गरेको जनाएको छ ।

बुट क्याम्पमा विराटनगरका विभिन्न कलेजका विद्यार्थी सहभागी थिए । हालसम्म २ सय बढी विद्यार्थीका लागि बुट क्याम्प आयोजना गरिसकिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए ।

उक्त क्याम्पमा नेतृत्व विकास, उद्यमशीलतालगायतका विषयमा तालीम दिने गरेको दाहालको भनाइ छ । व्यापारिक क्षेत्रमा ख्यातिप्राप्त प्रशिक्षक डा. ऋषिकेश वाग्ले र श्रीलङ्काकी प्राध्यापक चाँदनी तिलकरत्ने लगायतले क्याम्पमा सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

यस्ता क्याम्पबाट विद्यार्थीले प्रयोगात्मक शिक्षण सिकाइको अनुभव प्राप्त गर्न सकेको कलेजले जनाएको छ ।