भोजपुरः भोजपुरका ३ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेसँगै तीन स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

षडानन्द नगरपालिकाको मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र, अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्र र हतुवागढी गाउँपालिकाको घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रमअनुसार स्तरोन्तति गर्ने निर्णय गरिएको बताए । महाशाखाका अनुसार ५ वषभित्र करिब ६ सय ४० स्थानीय तहमा १५ श्ययाका अस्पताल निर्माण गर्नुपर्नेछ ।