विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताएका छन् ।
विराटनगरको नोबेल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी मेसिन)को उद्घाटन गर्दै उनले अस्पतालले सञ्चालनको छोटो अवधिमा नै सेवा र प्रविधि क्षेत्रमा गरेको विकासले जनता निकै लाभान्वित हुने धारणा राखे ।

मुख्यमन्त्री राईले औद्योगिक क्षेत्र विराटनगरलाई मेडिकल हब बनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने वचन दिँदै अस्पतालको यो प्रयासले मुटु रोगीलाई अन्यत्र जानबाट रोकिने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रबाट जनताका सेवाका लागि गरिएको यो प्रयास सह्रानीय भएको बताए ।

गङ्गालाल हृदय केन्द्रका निर्देशक डा ज्योतेन्द्र शर्माले मुटु उपचारमा अस्तालमा भित्रिएको यो मेसिन निकै प्रभावकारी रहेको उल्लेख गरे । अस्पतालका कार्डियोजिस्ट डा राजेश नेपालले प्रविधि र मेसिनको अभावमा बिरामीको उपचार गर्न कठिन अवस्थालाई यो प्रविधि र मेसिनले हटाएको उल्लेख गरे ।

अस्पतालका सञ्चालक डा सुनिल शर्माले मुटु रोगीलाई केन्द्रित गरेर अस्पतालले ल्याएको यो मेसिनबाट बिरामी विदेशिनबाट जोगाउने चर्चा गरे । भारतीय डा. निरञ्जन कुमारले अब नेपालमा यस्तो प्रविधिबाट उपचार हुनु खुशीको कुरा भएको बताए ।

ज्ञान, सेवा, प्रविधि र मेसिनबाट उच्च स्थान बनाउन सफल यो अस्पतालमा अगामी वैशाख २३ गतेदेखि ओपन हर्ट सर्जरी हुने भएको छ । त्यसका लागि शहीद गङ्गालाल हृदय केन्द्रसँग सम्झौता गरिएको र २ करोड १० लाख मूल्यको ओपटिस मोबाइल सिस्टम सञ्चालनमा ल्याइएको बताइएको छ ।

OCT-Machine-Opening-Programme-Photo2 OCT-Machine-Photo