बेलबारीः हात्तीपाइले रोगमुक्त नगर बनाउन मोरङको बेलबारी नगरपालिकाले यही फागुन १५ गतेदेखि आठौँपटक हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान शुरु गर्ने भएको छ ।

हात्तीपाइले विरुद्ध अभियान चलाइरहे पनि केही व्यक्तिलाई लक्षण देखा परेको नगरपालिकाले जनाएको छ । बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । नगरपालिकाले सो अभियानमा ५० जना भन्दा बढी स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने भएको जनाएको छ ।