धनकुटाः धनकुटामा आठौ पटक हात्तिपाइले बिरुद्धको औषधि खुवाउने तयारी गरिएको छ ।आगामी फागुन १५ गते देखि जिल्लाको सातै स्थानिय तहमा औसधि खुवाउने तयारी गरीएको धनकुटा नगरपालिकाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जिल्लामा अझै पनि हात्तिपालेका जिवाणु सक्रमीत मानिस भेटिएकाले आठौ पटक औसधि खुवाउने तयारी गरीएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तारा सुबेदीले जानकारी दिनुभयो । धनकुटामा गरीएको परिक्षणमा महालक्ष्मी नगरपालिकाको लेगुवामा सात चौबिसेको बसन्तटार र साँगुरी गढिको डाँडा बजारमा एक एक हात्तिपालेका जिवाणु सक्रमीत मानिस भेटिएको जनाइएको छ ।

यो बर्ष धनकुटामा सत प्रतिसतलाइ औसधि खुवाउने गरी कार्यक्रम अघि बढाइएको धनकुटा नगरपालिकाले जनाएको छ । यसको औसधिले कुनैप्रकारको असर नगर्ने भएकोले बिभिन्न हल्लाको पछि नलागी औसधि सबेन गर्न धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत टिकादत्त राइले जानकारी दिनुभयो ।


गत बर्ष धनकुटामा ७३ प्रतिसतले मात्र औसधी सेबन गरेका थिए । एकै जनाले पनि औसधि खान छुटेमा त्यो कार्यक्रम प्रभाबकारी नहुने भएकाले नगरपालिकाले सबैलाइ औसधि सेवन गर्न आग्रह समेत गरेको छ ।

यो रोग जुन सुकै उमेर समुहका मानिस लाई लाग्न सक्ने र लामखुटेट्को टोकाई बाट रोग सर्ने भएकोले आठौ चरण सम्म औषधी खुवानु परेको जिल्ला अस्पताल धनकुटाका डा.जयन्त भगवान मिश्रले बताए । यो बर्ष सरकारले धनकुटा सहित १५ जिल्लामा मात्र यो कार्यक्रम सञ्चालन गर्न लागिएको समेत जनाइएको छ ।