इटहरीः नेपाल पत्रकार महासंघद्धारा प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट सम्मानीत भएका अग्रज पत्रकार याम प्रधान अस्पताल भर्ना भएका छन् । मृगौलामा खारबी आए पछि उनि सोमवार विराटनगरस्थित नोवेल मेडिकल अस्पतालमा भर्ना भएका हुन् ।
उनकी छोरी एलिसाकाअनुसार उनलाई चिकित्सकले मृगौलाका समस्या भएको बताएका छन् । उनको आजै पहिलो पटक डाइलासिस गरिँदैछ ।
उनको यस अघि पनि स्वास्थ्य अवस्था कमजोर बनेको थियो । लामो समय देखि सक्रिय पत्रकारिता क्षेत्रका आवद्ध भएका प्रधान राष्ट्रिय समाचार समितिका आवद्ध छन् ।

तस्बिर स्राेतः रञ्जना पाैडेल