बेलबारीः प्रजातन्त्र दिवसको अवसरमा नेपाल कमनिष्ट पाटी (नेकपा) नगर समन्वय कमिटि बेलबारीले गरेको रक्तदान कार्यक्रममा १ सय १ पाउण्ड रगत संकल्न भएको छ ।
रक्तदान कार्यक्रम बेलबारी नगरपालिका वडा नम्बर ९ डागिहाटमा भएको थियो । नेपाल रेडक्रस सोसाईटी धरानको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको नगर संयोजक ईरान राईले जानकारी दिए ।
बेलबारीमै पहिलो पटक धेरै रगत सकलन भएको नेकपाले दावि समेत गरेको छ । प्रजातन्त्र दिवको अवसरमा राजनीतिक दल सघ सस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

Mid page add from falgun 1st week 1