इटहरीः प्रदेश १ को सामाजिकविकास मन्त्रालयले विभिन्न सामुदायिक विद्यालयहरूमा नर्स नियुक्ति गर्ने भएको छ । हरेक जिल्लाका एक सामुदायिक विद्यालयहरू समेट्ने गरि यस्तो नियुक्ति गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०७५÷७६ को लागि स्वीकृत भएको ‘विद्यालयनर्सिङ कार्यक्रम’को लागि सामाजिकविकास मन्त्रालयले नर्स भर्नाको आवेदन मागेको हो । १४ जिल्लाका १४ सामुदायिक विद्यालयको लागि नर्सहरू नियुक्तिगर्न सोमबारबाट भर्ना खुल्ला गरिएको मन्त्रालयको सामाजिक नर्सिङ शाखा प्रमुख केसु काफ्लेले बताइन् ।

Mid page add from falgun 1st week 1

यीहुन नर्स पाउने प्रदेश १ का १४ जिल्लाका १४ विद्यालयहरूः
ताप्लेजुङःश्री थेचम्बु माध्यमिकविद्यालय
पाँचथरःश्री गणेश माध्यमिकविद्यालय
इलामःश्री आदर्शमाध्यमिकविद्यालय
झापाःश्री देवीमाध्यमिकविद्यालय
मोरङः श्री पोखरिया माध्यमिकविद्यालय
सुनसरीः श्री बालमन्दीर माध्यमिकविद्यालय
धनकुटाःश्री अरुणेदयमाध्यमिकविद्यालय
तेह्रथुमःश्री वसन्तमाध्यमिकविद्यालय
सङ्खुवासभाश्री सरस्वतीमाध्यमिकविद्यालय
भोजपुरः श्री तिम्मामाध्यमिकविद्यालय
सोलुखुम्बुःश्री जनजागृतिमाध्यमिकविद्यालय
ओखलढुंगाः श्री ज्ञानज्योतीमाध्यमिकविद्यालय
खोटाङः श्री राष्ट्रिय माध्यमिकविद्यालय
उदयपुरः बालमन्दिर माध्यमिकविद्यालय

योग्यतापुगेकाले यसरी सम्पर्क गर्ने
फागुन ६ गते सार्वजनिक भएको १४ नर्सहरूको आवेदन १५ दिनभित्र दिनु पर्ने मन्त्रालयले बताएको छ । शैक्षिक योग्यता, अनुभव र अन्तरवार्ताको आधारमा १८ देखी ४५ वर्ष उमेर समूहका १४ जना नर्सहरूलाई छनौट गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।
मन्त्रालयको कार्यालय कोड ७०१३७१३०१ र राजश्व शीर्षक नम्बर १४२२४ मा परीक्षाशुल्क बैङ्कबाट रु चार सय भुक्तानी गरी अन्तर्वातामा सहभागी हुनुपर्नेछ ।

यसको परीक्षा शुल्क जम्मागर्न कृषिविकास बैङ्कको खातानम्बर ०१००२०१२७७००९०१६ मा रकम जम्मा भएको रसिद सुरक्षित राख्नुपर्ने छ । अन्तरवार्ता यही फागुन २६ गते १० बजेबाट सुरु हुने मन्त्रालयले बताएको छ । नेपाल नर्सिङ काउन्सिलको दर्ता नम्बर नवीकरण भएकाहरूलाई मात्रै अन्तरवार्तामा योग्य हुने बताइएको छ ।