समसामयिक सामान्यज्ञान अपडेट
१. नेपालको इतिहासमा ‘पानीजहाज कार्यालय’ को स्थापना कहिले भयो ?
⇒ २०७५ फागुन २ गते
२.सर्वसाधारणले राणाकालमा कर्मचारीलाई खुसी पार्न चढाइने दस्तुरलाई के भनिन्थ्यो ?
⇒ पानफूल
३. ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स–२०१९ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
⇒ चौथो स्थानमा
(उक्त इन्डेक्सको प्रथम स्थानमा प्युर्टाेरिको रहेको छ)
४. कान्तिपुर फाउन्डेसनले समाज–राजनीति विधाको कान्तिपुर आइकन अवार्ड कसलाई प्रदान ग-यो ?
⇒ सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई
५. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ कहिले प्रमाणीकरण भयो ?
⇒ २०७४ असोज २७ गते
६. २०७५ फागुन २ गते उद्घाटन गरिएको जनताको जलविद्युत् कार्यक्रमको नारा के रहेको छ ?
⇒ “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी”
७. “युद्ध बन्द गर रोटी देऊ” को नारासहित रुसी सर्वसाधारण जनताले पेट्रोग्राममा कहिले जुलुस निकालेका थिए ?
⇒ सन् १९१७ मार्च ७
८. नेपालको संविधानअनुसार स्थानीय कार्यपालिकाको व्यवस्था कति भाग र धारामा गरिएको छ ?
⇒ भाग १७, धारा २१४ देखि धारा २२० सम्म
९.“३७औँ विश्वकप हात्तीपोलो प्रतियोगिता २०७५” को उपाधि कसले प्राप्त गर्यो ?
⇒ होटेल सेभेन स्टार, सौराहा चितवन
(यो प्रतियोगिता हरेक वर्ष नेपालमा मात्र हुने गर्दछ)
१०. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार आ.व. ०७३/७४ मा उच्चतम नाफा भएका पाँचवटा संस्थानहरू क्रमश: कुन–कुन हुन् ?
⇒ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड
११. कर्णाली प्रदेशले प्रथमपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न ग-यो ?
⇒ २०७५ भदौ ९
(स्मरण रहोस् नेपाल सरकारको पेपरलेस मन्त्रिपरिषद्को बैठक २०७५ साउन १० गते सम्पन्न भएको थियो)
१२. कोलम्बो प्रोसेसको पछिल्लो बैठक काठमाडौंमा कहिले सम्पन्न भयो ?
⇒ २०७५ कात्तिक २९ र ३० गते
(“सुरक्षित व्यवस्थित र नियमित आप्रवासन, सबैका लागि समान लाभ” भन्ने नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको थियो)
१३. कलंकी–कोटेश्वर चक्रपथ सडकखण्ड चीन सरकारले नेपाल सरकारलाई कहिले हस्तान्तरण ग-यो ?
⇒ २०७५ माघ १४
१४. विश्वमा टाई लगाउने चलनको सुरुवात कुन देशबाट भयो ?
⇒ फ्रान्स
१५. काठका सामान बनाउने जातिका रूपमा परिचित चनास जातिको बसोवासस्थल कुन जिल्लामा रहेको छ ?
⇒ गोरखा
१६. “बैकानुर कस्मोड्रम” कुन देशको अन्तरिक्ष प्रक्षेपण केन्द्र हो ?
⇒ रुस
१७. क्रेडिट कार्ड प्रयोग गर्ने नेपालको पहिलो बैंक कुन हो?
⇒ हिमालयन बैंक लिमिटेड
१८. मानव विकास प्रतिवेदन २०१८ अनुसार उच्च मानव विकास सूचकांक भएका पाँच राष्ट्रको क्रम कुन हो ?
⇒ नर्वे, स्विटजरल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड र जर्मनी
१९. नेपालको संविधानको मस्यौदा समितिमा कतिजना सदस्य रहेका थिए ?
⇒ ७३ जना
२०. इन्टिग्रिटी आइडल २०१८ बन्न सफल व्यक्ति को हुन्?
⇒ रामबहादुर कुरुङबाङ (बर्दियाका प्रमुख जिल्ला अधिकारी)
२१.प्रदेश नम्बर ७ ले आफ्नो नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय कहिले प्रदेशसभाबाट पारित ग-यो ?
⇒ २०७५ असोज १२ गते
२२. एउटै विश्वकपमा सर्वाधिक १३ गोल गरी गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को हुन् ?
⇒ जस्ट फोन्टेन, फ्रान्स
२३. नेपालको इतिहासमा “प्रधानमन्त्री रोजगार कार्यक्रम”को सुरुवात कहिले भयो ?
⇒ २०७५ फागुन १ गते
२४. चर्चित साहित्यिक कृति “फिरफिरे”का लेखक को हुन्?
⇒ बुद्धिसागर चपाईं
२५. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अंकित रहेको छ ?
⇒ हात्तीको छावा