बेलबारी: सवारीका साधनबाट दैनिक जसो यात्रुको मुत्यु भएपछि पहिलो पटक ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा रक्तचाप सहित स्वास्थ्य परीक्षण गर्न शुरु गरेको छ ।
सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले पहिलो पटक सडकमै ट्राफिक पोष्ट बेलबारीले स्वास्थ्य परीक्षण गरेको छ । पुरानो बेलबारीको दुर्गा मन्दिरको अगाडि पुर्व पश्चिम राजमार्गमा आइतबार १ सय २९ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिए ।
सवारी चालकको स्वास्थ्य अवस्था ठीक नभएको अवस्थामा सवारी चलाउदा दुर्घटना हुन सक्ने भएकोले चालकहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । स्वास्थ्य चौकी तथा बेलबारी सामुदायिक नोवेल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरेको ट्राफिकले जनाएको छ ।