इटहरीः फागुन १४ गते हुने भनेर स्थगित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चाँडै हुनुपर्ने पक्षमा नेकपाका विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु र अखिल (क्रान्तिकारी) रहेपनि केन्द्रमा काँग्रेस र उसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ यो विषयमा मौन छन् । तर, नेपाल विद्यार्थी संघकै इटहरीको जनता क्याम्पस इकाइ समितिले भने तत्काल चुनाव हुनुपर्ने भन्दै कजेज सामु मागहरू राखेको छ ।

क्याम्पस प्रशासन, क्याम्पस व्यवस्थापन समिति र स्ववियूलाइ बोधार्थ दिएर नेविसंघले आज बिहान तत्काल स्ववियु चुनाव हुनुपर्ने माग गरेको छ । नेविसं इकाई सभापति सहदेव काफ्लेले क्याम्पस प्रमुख भोजराज श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै यस्तो बताएका हुन ।

समयमै स्वबियु चुनाव नहुँदा विद्यार्थीको अधिकार, हक हित र सरोकारका मुद्दा ओझेलमा परेको भन्दै इकाईले ज्ञापनपत्र बुझाएको सभापति काफ्लेले बताए । तत्काल स्ववियू चुनावको कार्यतालिका सार्वजनिक गर्न माग गरिएको सभापति काफ्लेले बताए ।

इटहरीको स्ववियु चुनाव हुने एक्लो क्याम्पस जनता क्याम्पस प्रमुख मार्फत सम्बन्धित ठाउँमा दबाब पु¥याउन ज्ञापनपत्र बुझाएको ने.वि.संघ सुनसरी जिल्ला सदस्य तथा ने.वि.संघ जनता क्याम्पस इकाईका निवर्तमान सभापति प्रमोद भट्टराईले बताए।

52786764_2237378796516763_1967169595085160448_n