सङ्खुवासभा: सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सञ्चालित निशुल्क हाडजोर्नी शिविरमा संखुवासभालीको १ करोड बढि बचेको छ । नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँको विशेष आयोजनामा शिविर संखुवासभाको खाँदबारीमा पाँच दिन सम्म सञ्चालन भएको थियो ।

शिविरमा ५ सय ६१ महिला र ४ सय ४६ पुरुषको निशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको थियो भने पाँच वर्ष मुनिका २० जनालाई समेत चेकजाँच गरिएको थियो । गत फागुन १ गते सुरु भएको शिविरमा ५९ जनाको हाडजोर्नी सम्बन्धि निशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल अर्थोपेडिक अस्पतालका प्रमुख प्रशासक श्याम रुपाखेतीकाअनुसार सो विशिरमा संखुवासभालिको १ करोड बढि बचावट भएको छ ।

उनले भने “यति कामको लागि काठमाडौँ पुग्नु पथ्र्यो, त्यहाँ पुग्दा करोड खर्च हुन्थ्यो तर त्यो खर्च बच्यो” । उनले थपे “सामान्य एउटा स्टिल निकाल्न समेत काठमाडौँ पुग्नुपथ्र्यो काठमाडौँ पुग्दा एक व्यक्तिकाे करिब ५० हजार देखि १ लाख सम्म खर्च हुन्थ्यो, त्यो बच्यो” ।

शिविरमा खुटाको पैतला फर्किएको, जन्मजात हात खुटा बागिएको, हात वा खुटामा विकृतिजन्य समस्याहरु भएको, हात वा खुटा भाचिएर बाङ्गिएको, हातमा आगोले पोलेको लगाएतका समस्याको समाधान गरिएको छ ।

यसरी स्थानिय स्तरमा नै यस्तो शिविर आएको भन्दै स्थानियहरु समेत खुसि भएका छन् । षडानन्द नगरपालिका झउपोखरी भोजपुर का ३ वर्षको अबि बयलकोटीको तातोपनीले पोलेर हात टासिएको थियो । यहि शिविरमा उनको हाल खुलेपछि खुसिको सिमा नै नरहेको उनका बुवाको भनाई छ । उनका बुवा भन्छन् “यो शिविर त हाम्रो लागि भगवान नै हो, नभए हामि काठमाडौँ गएर उपचार गराउने सामन्थ्र्यमा थिएनौ, हाम्रो छोरा जिन्दगीभर अपागं भएर बाच्नुपथ्र्यो” ।

शिविरमा भाच्चिएको ठाउँमा लगाएको स्टिल खोल्नुका साथै हाड जोर्नी सम्बन्धि भएका सम्पुर्ण समस्याको समाधान गरिएको नेपाल अर्थोपेडिक अस्पतालका डा. राजेश मर्हजनले बताए । महर्जनले आफुले जानेको शिप संखुवासभा जस्तो दुर्गम ठाउँमा आएर प्रयोग गर्न पाउदा अत्यन्तै हर्सित भएको बताए ।

शिविर जिल्ला समन्वय समिति संखुवासभा,खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी नेपाल रेडक्रसा सोसाइटी संखुवासभा, नेपाल पत्रकार महासंघ संखुवासभाको संयुत सहकार्यमा सम्पन्न भएको हो ।