बेलवारी: प्रावभेट नीजि तथा अावासिय स्कुलहरुकाे संस्था एन प्याव्सन मोरङले आयोजना गरेको दोस्रो एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ ।
मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कास्यका साथ १३६ अंक हासिल गर्दै एथलेन्टीक्स खेलतर्फको उपाधी हात पार्न सफल भएको हो ।
त्यस्तै मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले ५ स्वर्ण १५ रजत र १४ कास्यका साथ ९८ अंक प्राप्त गर्दै दोस्रो उपाधी हासिल गरेको छ भने ८ स्वर्ण ३ रजत र २ कास्य साथ ५३ अंक प्राप्त गर्दै ग्रामथानको बुद्ध इंलिस स्कुलले तेस्रो उपाधी हासिल गरेको छ । विहिवारदेखि जारी स्पाेर्टस मिटमा विभिन्न ८२ वटा खेलमा २ हजारजति विर्थीहरुले प्रतियाेगितामा सहभनगिता रहेकाे थियाे ।
भलिवल छात्र तर्फ ग्रामथानको बुद्ध इंलिस स्कुल प्रथम कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले तेस्रो स्थान हात पार्न सफल भएका छन् । भलिवलकै छात्रा तर्फ माउण्ट हर्मन प्रथम, मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो भएका थिए । कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा इंलीस स्कुलले तेस्रो उपाधी हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध ईलिस स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो उपाधी हात पर्न सफल भए भने कवड्डी सिनियर छात्रातर्फ निर्मल शिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्याे ।
अभिभावक संघ प्रदेश नं १ का अध्यक्ष देवि पन्थी र एन प्याब्सन माेरङका अध्यक्ष सुनिलदत्त अधिकारीले संयुक्त रुपमा विजयी खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।